काठमाडौँ । आज साताको छैटौँ दिन अर्थात् (शुक्रबार) नेपाली बजारमा सुनको भाउ झन् बढेको छ । आज सुनको भाउ तोलामा १००० रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला ९९,१०० र तेजावी सुन प्रतितोला ९८,६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला ९८ हजार १०० र तेजावी सुन ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज, सुनसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चादी तोलाका १ हजार ३३० रुपैयाँमा करोबार भएको थियो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
