काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले फराकिलो अग्रता कायमै राख्नुभएको छ।
यो समाचार तयारपार्दासम्म गुरुङले एमालेकी पद्मा अर्यालभन्दा २ हजार ५६७ मतले अग्रता लिनुभएको छ।
जारी मतगणनामा गुरुङले ९ हजार ६१३ मत प्राप्त गर्नुभएको छ। एमालेकी अर्यालले भने ७ हजार ४६ मत प्राप्त गर्नुभएको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले भने २ हजार ८८२ मत पाउनुभएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
