ग्रेडरले किच्दा धनगढीमा बालिकाको मृत्यु

धनगढी l ग्रेडरले किच्दा धनगढीमा बालिकाको मृत्यु भएको छ। दुर्घटनामा परी बिहीबार बिहान हसनपुरस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत तारानगर बस्ने अन्दाजी १४ वर्षीया चेतना साउँदको मृत्यु भएको हो।

हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा साइकलमा सवार साउँदलाई किचेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त डिएसपी वेदप्रकाश जोशीले बताए।

Advertisement

चालक चितवन भरतपुर महानगरपालिका २८ का २७ वर्षीय विमल कुमाललाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

More News last news
Loading...