स्याङ्जा । स्याङ्जा २ मा नेपाली काग्रेसका उम्मेदवार धनराज गुरुङले मतान्तर बढाउँदै लगेका छन् ।
बिहीबार दिउँसोसम्म गुरुङले ६ हजार ६५ मत पाएका छन् भने एमाले उम्मेदवार पदमा अर्यालले ४ हजार ७६५ मत पाएकी छन् । गुरुङ र अर्यालबीचको मतान्तर १ हजार ३०० छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङको १ हजार ५७५ मत छ ।
नेकपा (एमाले) ले धाँधली भएको भन्दै पुन मतदान माग गरेपछि यहाँ १२ दिनसम्म रोकिएको मतगणना बुधबार रातिदेखि मात्रै सुचारु भएको हो । हिजो मात्रै आयोगले सो क्षेत्रमा पुनः मतदान नगर्ने निर्णय गरेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
