राजमार्ग नजिकै मथुरामा २९ गाई मृत फेला

काठमाडौँ । उत्तर प्रदेशको मथुरा जिल्लामा राष्ट्रिय राजमार्ग नजिकै बन्द कन्टेनरमा २९ गाई मृत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले अलपत्र परेको कन्टेनरमा २९ गाई मरेको र एउटा गाई भने जिउँदै फेला पारेको बताएको छ।

उक्त कन्टेनरको चालक फरार रहेको मथुरा सर्कल अफिसर (सीओ) रिफाइनरी हर्षिता सिंहले बताए।

Advertisement

‘हामीलाई मथुरा जिल्लाको राष्ट्रिय राजमार्ग नजिकै एउटा बन्द कन्टेनर रोकिएको जानकारी प्राप्त भयो र त्यहाँ पुगेर हेर्दा २९ गाई मृत फेला परेका थिए भने एउटा गाई जिउँदै फेला परेको थियो। चालक भने फरार छन्। मुद्दा दर्ता गरिएको छु, सिंहले भनेका छन्।’

More News last news
Loading...