कास्की–१ मा एमालेका मनबहादुर र प्रदेश (क) मा खगराज अधिकारी विजयी

कास्की – कास्की-१ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ विजयी हुनुभएको छ । नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ५ सय १९ मतले पछि पार्दै उहाँ विजयी हुनुभएको हो ।

एमालेका गुरुङले २५ हजार ७ सय ८ मत प्राप्त गर्नुभयो भने बरालले २३ हजार १ सय ८९ मत पाउनुभयो ।मनबहादुर यस अगाडि गण्डकी प्रदेश सभा सदस्य हुनुहुन्थ्यो ।

Advertisement

कास्की १ (क) मा एमालेका खगराज अधिकारी विजयी

कास्की निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेका खगराज अधिकारी विजयी हुनुभएको छ। अधिकारीले नेकपा माओवादीका दीपक कोइरालालाई ३ हजार ९ सय ९६ मतले पछि पार्दै विजयी हुनुभएको हो ।

अधिकारीले १५ हजार ६ सय २३ मत ल्याउँदा कोइरालाले ११ हजार ६ सय २७ मत प्राप्त गर्नुभयाे । कोइराला यस अगाडि गण्डकी प्रदेश सदस्य हुनुहुन्थ्यो भने अधिकारी सङ्घीय संसदमा सदस्य थिए ।

More News last news
Loading...