रौतहटको एक कपडा पसलमा आगलागी हुँदा ३ बालबालिकाको मृत्यु

रौतहट l रौतहटको सदरमुकाम गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा–डसना पसलमा बुधबार राति आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ। जलेर तीन जना घाइते भएका छन्।

गौर नगरपालिका–१ मा रहेको कपडा पसलमा आगलागी हुँदा स्थानीय इस्लाम मियाँका ५ वर्षीया छोरी सबिना खातुन, ९ वर्षीया छोरी रुक्साना खातुन र ७ वर्षीय छोरा इमरान मन्सुरीको मृत्यु भएको जिल्ला प्रहरी रौतहटले जनाएको छ।

Advertisement

आगलागीमा परी इस्लामका भतिजा महम्मद इसराइल मन्सुरी, महम्मद इमरान र नसिमा खातुन भाइते भएका छन्। घरमा आगो लागेपछि भागेर ज्यान जोगाउने क्रममा लडेर नसिमा घाइते भएका जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए।

कपडा–डसना पसलसँगै रहेको मोटरसाइकल ग्यारेजमा समेत आगलागीले क्षति पुगेको छ।

More News last news
Loading...