तनहुँ १ मा रामचन्द्र पौडेललाई ४ हजारभन्दा बढी मतको अग्रता

काठमाडौं। तनहुँ १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेलले अग्रता फराकिलो बनाउनु भएको छ । ५३०२८ मत गणना हुँदा कांग्रेसका पौडेलले २० हजार २३० मतका साथ अग्रता लिनुभएको छ।

उहाँलाई पछ्याइरहेका एमालेका एकबहादुर रानालाई १६ हजार १७ मत पाउनु भएको छ । पौडेलले ४ हजार २१३ मतको अग्रता लिनुभएको हो ।

Advertisement

स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ५ हजार ४९० मत पाउनु भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ४ हजार ७७६ मत पाउनु भएको छ । तनहुँ १ मा ६८ हजार १५८ मत खसेको थियो ।

More News last news
Loading...