कास्की २ ‘ख’ मा एमालेका भीम कार्की निर्वाचित

पोखरा l कास्की क्षेत्र नं. २ ‘ख’मा नेकपा एमालेका भीम कार्की निर्वाचित भएका छन्। उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयबहादुर भण्डारीलाई पराजित गरेका हुन्।

कार्कीले १० हजार ५३१ मत पाएर विजयी भएका छन्। उनका निकटतम् प्रतिस्पर्धी राप्रपाका भण्डारीले पाँच हजार ८९३ मत पाए। त्यसैगरी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने पाँच हजार ५४० मत ल्याएर तेस्रो बने।

Advertisement

यसअघि पोखरा नगरविकास समितिको अध्यक्ष भएर काम गरेका लामिछाने राप्रपाको भन्दा पनि कम मत पाएका हुन्।निर्वाचित कार्की संसदीय निर्वाचनको पहिलो प्रयासमै सफल भएका हुन्।

उनी भूमि सम्बन्धी समस्या समाधान आयोगको प्रवक्ता भएर समेत काम गरेका थिए। हाल उनी नेकपा एमालेको केन्द्रीय सदस्य समेत हुन् ।

More News last news
Loading...