तनहुँ २ः एमालेको गढमा कांग्रेस विजयी, भण्डारीलाई २८ किलोको माला

तनहुँ । तनहुँ क्षेत्र नं २ मा विजयी भएका कांग्रेसका नवनिर्वाचित सांसद शंकर भण्डारीलाई २८ किलोको माला लगाईदिएका छन् ।

२८ बर्षपछि नेकपा एमालेको लालकिल्ला तोडेको भन्दै कांग्रेसबाट विजयी सांसद भण्डारीलाई स्थानीय व्यवसायी नीर पुनको नेतृत्वमा २८ किलोको माला लगाएर स्वागत गरेका हुन् ।

Advertisement

विगत २८ बर्षदेखि निरन्तर एमालेले जित हासिल गर्दै आएको क्षेत्रमा यसपटक भने भण्डारीले जित हासिल गरेका हुन् ।

यस क्षेत्रमा भण्डारी पाँच हजार चार सय ७४ मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । भण्डारीले ३० हजार ६ सय ४ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका किरण गुरुङले २५ हजार १ सय ३० मत पाएका थिए ।

More News last news
Loading...