निर्वाचन महासंग्राममा घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ । साताको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा सुनको भाउ घटेको छ। निर्वाचनको संघारमा आज तीनदिनपछि आएको सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९७ हजार ५०० र तेजावी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंसिर २ गते छापावाल सुन प्रतितोला ९८ हजार १०० र तेजावी सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि चाँदी १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो।

विवाहको महिना मंसिर सुरु भएपनि देशमा प्रतिनिधि र प्रदेश सभा निर्वाचन, गणना र परिणाम आउनेक्रम शुरु भएको छ । कार्तिकको अन्तिमसाता लगातार जसो बढेको सुनको भाउ आज घटेको हो ।

 

More News last news
Loading...