मुस्ताङ । मुस्ताङमा नेपाली कांग्रेसले थप अग्रता बढाएको छ । ३ हजार ७७९ मतगणना हुँदा नेपाली कांग्रेस उम्मेदवार योगेश गौचन थकालीले २,०३५ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार प्रेमप्रसाद तुलाचनले १,६५७ मत ल्याउँदै पछ्याइ रहेका छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदेश गुरुङले ४१ मत प्राप्त गरेका छन् । बदर मतको संख्या ४० छ । सोमबार बिहान ३ बजेर ४५ मिनेटमा सुरु भएको मतगणना अहिले दुई स्थानमा जारी छ । कूल ३९ मतदान केन्द्र मध्ये अहिलेसम्म १९ वटा मतदान केन्द्रको मतगणना सम्पन्न भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
