आज घट्यो कि बढ्यो सुनको भाउ ? 

काठमाडौँ । साताको छैटौँ दिन आज (शुक्रबार) नेपाली बजारमा सुनको भाउ आज स्थिर छ । आज सुन प्रतितोला १०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९८ हजार १०० र तेजावी सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार हिजो छापावाल सुन प्रतितोला ९८ हजार र तेजावी सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...