काठमाडौँ । साताको पाँचौ दिन आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९८ हजार र तेजावी सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार हिजो छापावाल सुन प्रतितोला ४०० र तेजावी सुन प्रतितोला ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको १० रुपैयाँले घटेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो।
कार्तिक महिनाको अन्तिम साताबाट लगातार उकालो लागेको सुनको भाउ आज मंसिर महिनाको पहिलो दिन नैै ओरालो लागेको हो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
