काठमाडौँ । साताको दोस्रो दिन आज सुनको भाउ ओारालो लागेको छ । आज सुन प्रतितोला १०० रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुनको भाउ ९६ हजार ७०० रुपैयाँमा रहेको छ। हिजो छापावाल सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँ रहेको थियो।
यस्तै, चाँदीको पनि आज भाउ पनि घटेको छ । आज चाँदी तोलाको ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
