काठमाडौँ । बलिउड सुपरस्टार शाहरुख खानको साथबाट १८ लाखको घडी फेला परेपछि ७ लाख जरिवाना गरिएको छ ।
मुम्बई एयरपोर्टमा तैनाथ एयर इन्टेलिजेन्स युनिट अर्थात एआईयू स्रोतका अनुसार शाहरुख गए राति शारजाहबाट फर्किएका थिए ।
उनीसँग १८ लाख रुपैयाँ बढीको घडी र कवरहरु पाईएपछि ६.८३ लाख रुपैयाँ भन्सार तिर्नुपर्ने भएको हो ।
शाहरुख र उनको म्यानेजर पूजा डडलानीलाई एयरपोर्टमा एक घण्टा लामो अपरेसन पछि छोड्न अनुमति दिइएको थियो, तर शाहरुखका अंगरक्षक रवि र टोलीका अन्य सदस्यहरूलाई हिरासतमा राखिएको थियो।
प्राप्त जानकारी अनुसार शाहरुखका अंगरक्षक रविले साढे ६ लाख रुपैयाँ बढी भन्सार तिरेका छन् ।
भन्सार प्रक्रिया पूरा गर्न आज बिहानसम्म समय लागेको थियो । बिहान ८ बजे प्रक्रिया पूरा भएपछि भन्सार अधिकारीले रविलाई रिहा गरेका थिए ।
शाहरुख नोभेम्बर ११ मा यूएईको एक्सपो सेन्टर पुगेका थिए । त्यहाँ उनलाई शारजाह अन्तर्राष्ट्रिय पुस्तक मेला २०२२ को ४१ औँ संस्करणमा सहभागी भएकोमा ग्लोबल आइकन अफ सिनेमा एण्ड कल्चरल नेरेटिभ अवार्डबाट सम्मानित गरिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
