घरभित्रै पसेर चितुवाले चिथोर्दा ३ जना घाइते

वालिङ । चितुवाको आक्रमणबाट स्याङ्जामा तीन जना घाइते भएका छन् । वालिङ नगरपालिका-१४ कफ्लेटीमा चितुवाको आक्रमणबाट आज बिहान ९ः१५ बजेको समयमा दुई महिला र एक पुरुष घाइते भएका हुन् ।

वालिङ- १४ का वडाध्यक्ष बोधराज कुँवरका अनुसार वालिङ-१२ का किसान न्यौपाने, वालिङ-१४ की तुलसा पराजुली र लक्ष्मी पराजुली घाइते भएका हुन् ।

Advertisement

कफ्लेटीस्थित खेतमा काम गरिरहेको अवस्थामा न्यौपानेलाई घाइते बनाएर भागेको चितुवा स्थानीय चण्डीप्रसाद पराजुलीको घरमा पसेको र भित्र जाँदा तुलसा र लक्ष्मी घाइते भएका हुन् ।

More News last news
Loading...