ग्यास लिक भएर आगलागी हुँदा एक बालकको ज्यान गयाे, एक जना घाइते

भाेजपुरको घोडेटारमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा एक बालकको ज्यान गएकाे छ । एक जना घाइते भएका छन् ।

हतुवागढी गाउँपालिका–५ शान्त कुमार राईको घरमा ग्यास लिक भएर आगलागी हुँदा उहाँका ६ वर्षीय छोरा आयुष राईको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Advertisement

आगलागीमा परि राईकी श्रीमती र छोरा घाइते भएका थिए । बालककाे उपचारका क्रममा धरान घोपा क्याम्पमा ज्यान गएकाे हाे ।

उनीहरुलाई घोडेटार प्रास्वाकेमा प्राथमिक उपचार गराइएको थियो । आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरीले जनाएकाे छ ।

More News last news
Loading...