आज (बुधबार) ह्वात्तै बढ्यो सुनको भाउ, हेर्नुहोस् तोलाको कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ आज ह्वात्तै बढेको छ। म्रंगलबार प्रतितोला ३०० रुपैयाँले घटेको सुनको भाउ आज बुधबार प्रतितोला १४०० रुपैयाँले बढेको हो।

आज छापावाल सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ हिजो तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

यसैगरी, मंगलबार प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज बढेर ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यता, मंगलबार प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउको भाउ भने आज बढेर प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

More News last news
Loading...