लायन्स क्लब खैरेनीटारले गरिदियोविपन्न परिवारको स्वास्थ्य विमा

तनहुँ । सामाजिक कार्यमा निरन्तर सक्रिय रहेको लायन्स क्लब अफ तनहुँ खैरेनीटारले विपन्न परिवारको स्वास्थ्य विमा गरिदिएको छ । सोमबार एक कार्यक्रमकाबीचलायन्सले शुक्लागण्डकी नगरपालिका–७ भित्र वसोवास गर्ने १० परिवारको स्वास्थ्य विमा गरेको हो ।

कार्यक्रममा बोल्दै लायनस क्लब अफ इन्टरनेशनल ‘३२५ एल’ का प्रथम भाइस डिस्ट्रीक गर्भनर परमेश्वर बरालले विपन्न परिवारका लागि गरिएको स्वास्थ्य विमा लायन्स क्लबले गरेको कार्य उत्कृष्ट रहेको बताए ।

Advertisement

क्लबका अध्यक्ष नारायण पोख्रेलले विरामी हुदाँ उपचार गर्न पनि समस्या रहने परिवारलाई सहज गराउन स्वास्थ्य विमाको कार्यक्रम गरेको बताए ।

लायन्सले थोरै सहयोग गरेर अनेक प्रचार मात्र गर्छ भन्ने कुरालाई निरुत्साहन गर्नका लागि पनि यस कार्य गरेको उनको भनाई थियो ।

क्लबका अध्यक्ष पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी–६ का वडाध्यक्ष बुद्धिबहादुर थापा, लायन्स समुन्द्रराम श्रेष्ठ, बरदान लामिछाने, सुजित हिराचन, पतिाम्बर तिमिल्सेना, पूर्ण कायस्त लगायतको उपस्थिती रहेको थियो भने क्लबका सचिव सुरेनद्र श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

More News last news
Loading...