आज बिहीबार घट्यो सुनको भाउ ? हेर्नुहोस् कति पुग्यो

काठमाडौँ । आज बिहीबार सुनको भाउ घटेको छ। आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको नेपाल सुनभाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार प्रति तोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज घटेर प्रति तोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

Advertisement

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो तेजावी सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनको भाउसँगै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...