आज (बुधबार) घट्यो कि बढ्यो सुनको भाउ ? हेर्नुहोस्

काठमाडौँ। नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ।

मंगलबार प्रति तोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले बढेर प्रति तोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार १ सय रुपैयाँ कायम भएको छ।

Advertisement

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...