एक महिनामा ८ अर्बले घट्यो विदेशी मुद्राको संचिति

काठमाडौं । एक महिनाको अवधिमा विदेशी मुद्राको संचिति ८ अर्ब रुपैयाँले घटेको छ। साउन मसान्त सम्ममा ११ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा रहेकोमा भदौ मसान्त आइपुग्दा ११ खर्ब ८९ अर्ब कायम भएको छ।

नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्याङ्क अनुसार असार मसान्त सम्ममा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको रहेको थियो। त्यसलाई आधार मान्दा कुल विदेशी विनिमय सञ्चिति २।२ प्रतिशतले कमी आई २०७९ भदौ मसान्तमा रु ११ खर्ब ८९ अर्ब १६ करोड कायम भएको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ भदौ मसान्तमा २.० प्रतिशतले कमी आई ९ अर्ब ३५ करोड कायम भएको छ।

आर्थिक वर्ष २०७९र८० को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.० महिनाको वस्तु आयात र ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले बताएको छ।

More News last news
Loading...