काठमाडौँ । नेपाली बजारमा आज साताको छैटौँ दिन (शुक्रबार) सुनको भाउ झन् घटेको छ । बुधबार तोलामा १०० रुपैयाँले घटेको सुनको भाउ आज पनि तोलामा ६०० रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला ९५ हजार ५०० र तेजावी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार १०० र तेजावी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीको भाउ भने घटेको छ। आज चाँदी प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको तुलनामा आज चाँदी तोलामा ५ रुपैयाँले सस्तो हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
