बेलायती प्रधानमन्त्री लिज ट्रसको राजीनामा

लण्डन l बेलायती प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएकी छन्। एक दिनअघि सत्तारुढ कन्जरभेटिभ पार्टीका वरिष्ठ नेताहरूले लिज ट्रसलाई बोलाएर राजीनामा दिन आग्रह गरेका थिए।

उनको मन्त्रिपरिषद्का अर्थमन्त्री र गृहमन्त्रीले यसअघि नै पद त्यागेका थिए। लिज ट्रस प्रधानमन्त्री बनेदेखि नै विपक्षीको निशानामा थिइन्। कर कटौतीको उनको आफ्नै दलका सांसदहरूले आलोचना गरेपछि सरकारले आफ्नो निर्णय फिर्ता लिनुपरेको थियो।

Advertisement

अब कन्जरभेटिभ पार्टीको नयाँ नेता पुनः निर्वाचित हुने विश्वास गरिएको छ। सत्तारुढ दलका सांसदले चाहेमा भोट हालेर नयाँ नेता चयन गर्न सक्नेछन्। यदि बोरिस जन्सनप्रति बफादार सांसदहरूले कुनै अवरोध खडा गरेनन् भने ऋषि सुनक बेलायतका नयाँ प्रधानमन्त्री निर्वाचित हुने निश्चितप्रायः छ।

गृहमन्त्री सुएला ब्रेभरम्यानले राजीनामा दिएपछि आफ्नै पार्टीका वरिष्ठ सांसदहरूले ट्रसको राजीनामा माग गरेका थिए। कन्जरभेटिभ सांसद साइमन होरेले आज बिहानै शेल ग्यास ड्रिलिङमा प्रतीकात्मक संसदीय मतदानपछि ट्रस सरकारसँग १२ घण्टामात्रै बाँकी रहेको चेतावनी दिएका थिए।

सुएला ब्रेभरम्यानले आप्रवासीहरूसँग सम्बद्ध एक मस्यौदा कानूनविरुद्ध आफ्नी सहयोगीसँग शेयर गरेकी थिइन्। यो खुलासा भएपछि ब्रेभरम्यानले राजीनामा दिएकी थिइन्। यसअघि बेलायती अर्थमन्त्री क्वासी क्वार्टेङलाई बर्खास्त गरिएको थियो।

More News last news
Loading...