आज घट्यो सुन, चाँदीको मूल्य पनि खस्कियो

काठमाडौँ । नेपाली बजारमा आज साताको चौँथो दिन (बुभबार) सुनको भाउ थोरै घटेको छ । मंगलबार तोलामा एक सय रुपैयाँले बढेको सुनको भाउ आज २०० रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला ९३ हजार २ सय र तेजावी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

सोमबार छापावाल सुन ९३ हजार ४ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको तुलनामा आज चाँदी तोलामा ५ रुपैयाँले सस्तो हो ।

More News last news
Loading...