ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

जिल्लाको मैवाखोला गाउँपालिका–१ तेल्लावुङबाट वडा नम्बर–५ काम्माङ जाँदै गरेको ५६५५ नम्बरको ट्याक्टर मंगलबार राति साढे १२ बजेतिर ताप्लिङ खोल्सामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

Advertisement

मृत्यु हुनेमा वडा नम्बर–५ कामसाङका ३१ वर्षीय चालक पासाङ शेर्पा र उनका २४ वर्षीय भाइ फुर्वा शेर्पा रहेका छन्।

त्यस्तै वडा नम्बर–४ ओदकका २२ वर्षीया शर्मिला शेर्पा र १७ वर्षीया लाकी शेर्पाको पनि घटनास्थलमै मृत्यु भएको ताप्लेजुङ प्रहरीले जनाएको छ।

More News last news
Loading...