आज कार्तिक महिनाको पहिलो दिन, कति छ सुनको भाउ ?

काठमाडौँ । नेपाली बजारमा आज साताको तेस्रो दिन (मंगलबार) सुनको भाउ थोरै बढेको छ । आइतबार तोलामा एक हजार रुपैयाँले घटेको सुनको भाउ सोमबार प्रतितोला २०० र आज तोलामा १०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला ९३ हजार ४ सय र तेजावी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

सोमबार छापावाल सुन ९३ हजार ३ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा आज मंगलबार चाँदी तोलामा २० रुपैयाँ बढेको हो ।

More News last news
Loading...