आज घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौँ । नेपाली बजारमा आज साताको दोस्रो दिन (सोमबार) सुनको भाउ थोरै बढेको छ । आइतबार तोलामा एक हजार रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला २०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला ९३ हजार ३ सय र तेजावी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

आइतबार छापावाल सुन ९३ हजार एक सय रुपैयाँ र तेजावी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

More News last news
Loading...