आज ह्वात्तै घट्यो सुनको भाउ, चाँदीपनि ओरालो

काठमाडौँ । नेपाली बजारमा आज साताको पहिलो दिन अर्थात (आइतबार) सुनको भाउ ह्वात्तै घटेको छ । शुक्रबार तोलामा एक सय रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला ९३ हजार १ सय र तेजावी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

शुक्रबार छापावाल सुन ९४ हजार एक सय रुपैयाँ र तेजावी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो ।

More News last news
Loading...