काठमाडौं । नेपाली कांग्रेसका निबर्तमान आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेलले राजीनामा दिएका छन् ।
नेपाली कांग्रेस पार्टीले उम्मेदवार सिफारिस र छनौट गर्दा अपनाएको सिद्धान्त, विधी, पद्धति र प्रक्रियाको कुनै पनि मापदण्डमा आफ्नो नाम नअटाएको भन्दै पौडेलले सामाजिक सञ्जालमार्फत मुख्य सचिवलाई एक पत्र लेख्दै राजीनामा दिएका हुन् ।
पौडेलले संसदीय राजनीतिको अभ्यास गर्ने स्थान खोजेको र अन्तिम अबस्थामा तेश्रो पटक बाहिरिन पुगेको उनले जनाएका छन् । निश्चित व्यक्तिहरुको मात्रै गोटी बनेकाहरू मात्रै योग्य हुने परिपाटी आफुलाई सदैव अस्वीकार्य रहने भन्दै आफूले पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिब मार्फत पार्टी सभापति शेर बहादुर देउवा समक्ष राजिनामा पेश गरेका हुन् ।
पौडेलले संघमा उम्मेद्वारी चाहेतापनि गठबन्धनको कारणले संघ नपाउने भएपछि प्रदेशमै भएपनि चुनाव लड्न चाहेका थिए । उनले दाबी गरेको बाग्लुङ क्षेत्र नं १ (ख) बाट डिल्लीराम सुवेदीलाई टिकट दिएपछि जुनियरलाई टिकट दिएको भन्दै पौडेलले राजनीनामा दिएका हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
