काठमाडौँ । आज साताको चौँथो दिन अर्थात (बुधबार) नेपाली बजारमा सुनचाँदीको भाउ थोरै बढेको छ । आज सुन तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदी तोलामा एक हजार एक सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सोमबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ४ सय र तेजावी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । हिजो चाँदीको भाउ पनि आज भन्दा ५ रुपैयाँले सस्तो थियो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
