कोरोनाले तीन वर्ष रोकिएको श्रीएयरको उडान शुरु

काठमाडौं l कोभिड–१९ को सङ्क्रमणको महामारीका कारण रोकिएको श्री एयरलाइन्सको माउन्टेन फ्लाइट (उडान) पुनः शुरु भएको छ।कोभिडका कारण तीन वर्षदेखि उक्त एयरलाइन्सको पर्वतीय उडान रोकिएको थियो।

कोरोना सङ्क्रमण नियन्त्रणमा आउनासाथ जनजीवन सहज भएसँगै पर्यटकको सुविधालाई ध्यानमा राख्दै पुनः माउन्टेन फ्लाइट सुरू गरिएको एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए।

Advertisement

उनका अनुसार श्री एयरलाइन्सले सीआरजे २०० सिरिजको जहाजमार्फत २५ हजार फिट उचाइमा यो उडान सेवा दिने भएको छ । उक्त उडानमा नेपालीका लागि रु १५ हजार र विदेशीका लागि २३० अमेरिकी डलर भाडादर निर्धारण गरिएको छ।

हरेक दिन बिहान ६ः३० बजेदेखि थालिने माउन्टेन फ्लाइटको उडान अवधि ५० मिनेटको हुने जनाइएको छ।

More News last news
Loading...