लेखनाथ । पोखराको सेतीको खोंचमा खसेका एक पुरुषको सशस्त्र प्रहरीले उद्धार गरेको छ।
पोखरा-१७ तल्लोरातो पैह्रास्थित सेतीनदी खोंचमा खसेका स्थानीय ५९ वर्षीय मात्रृका भण्डारीलाई सशस्त्र प्रहरीको उद्धारटोली सकुशल उद्धार गरेको हो।
फोहोर फाल्ने क्रममा शनिबार साँझ ७ बजे उनी चिप्लिएर खसेका थिए। करिब ५० मिटर तल खसेका भण्डारीको चार घण्टापछि सकुशल उद्धार गरिएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
