कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारातालको गहिराइ नाप्न सुरु

कर्णाली । कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारातालको गहिराइ नाप्न थालिएको छ। रारातालको गहिराइ, लम्बाइ, चौडाइ, तालको पानीको गुणस्तर तथा शुद्धता र खोलानालाबाट तालमा मिसिने पानीको ल्याब टेस्ट गर्ने गरी रारातालको सर्वेक्षण सुरु गरिएको हो।

रारातालको नयाँ तथ्यांक बाहिर ल्याउन र क्षेत्रफलसँगै तालको पानीको शुद्धताको परीक्षण गर्न लागिएको निकुञ्जका संरक्षण अधिकृत बद्रिविनोद दाहालले बताए। जल तथा मौसम विज्ञान विभागको सहयोगमा, कार्डरइटु सर्भिसरजेड जेभीले भदौ दोस्रो सातादेखि सर्वेक्षणको काम सुरु गरेको थियो।

Advertisement

सर्वेक्षणका लागि विभागबाट २ जना र कम्पनीबाट ८ गरी १० जनाको टोली खटिएको छ। तालको भूभाग र क्षेत्रफल मापनका लागि टोपोग्राफिक र गहिराइ नाप्ने यन्त्र प्रयोग भइरहेको जेभीका इन्जिनियर राम श्रेष्ठले बताए। उनका अनुसार रारामा प्रयोग गरिएको यो प्रविधि कर्णालीमै नयाँ हो।

उनले ढिलोमा १ महिनाभित्र सर्वेक्षण पूरा गरिसकेपछि प्रतिवेदन जल तथा मौसम विज्ञान विभागलाई बुझाउने बताए। २०५४ मा गरिएको सर्वेक्षणअनुसार रारातालको गहिराइ १ सय ६७ मिटर, लम्बाइ ५ किलोमिटर र चौडाइ ३ किलोमिटर छ। राराताल १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।

More News last news
Loading...