आज घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौँ । आज साताको पाँचौ दिन अर्थात (बिहीबार) नेपाली बजारमा सुनको भाउ थोरै बढेको छ । आज सुन प्रतितोला ५ सय रुपैयाँले र चाँदी १५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९१ हजार ८ सय र तेजावी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

यो भाउ बुधबारको भन्दा ५०० रुपैयाँले बढी हो।  आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...