आज भदौको अन्तिम दिन ह्वात्तै घट्यो सुन, चाँदी पनि घट्यो

काठमाडौँ । आज साताको छैटौँ दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको भाउ झन् घटेको छ । आज सुन प्रतितोला १ हजार रुपैयाँले र चाँदी प्रतितोला १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९१ हजार ५ सय र तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

यो भाउ बिहीबारको भन्दा १००० रुपैयाँले सस्तो हो। आज चाँदी भने तोलामा १० रुपैयाँले बढेर १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

More News last news
Loading...