दमौली । नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नागरिकको स्वास्थ्यप्रति राज्य जिम्मेवार हुनुपर्ने बताएका छन्।
शनिबार तनहुँको भिमादमा आयोजित दुई दिने नि:शुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै नेता पौडेलले सरकार आम नागरिकको आधारभुत आवस्यकता परिपुर्ति गर्न गम्भीर भएर लाग्नुपर्ने बताए।
‘राज्यले नागरिकको आधारभुत आवस्यकता पुर्ति गर्नुपर्छ’, उनले भने । पौडेलले नागरिकको स्वास्थ्यप्रति आफुँ सधै समर्पित रहेको भन्दै शिविरबाट धेरै भन्दा धेरै व्यक्तिले सेवा लिन आग्रह गरे।
आफ्नो स्वास्थ्यको सुरक्षा आफै गर्ने हो। ग्रामिण क्षेत्रका मानिसहरु अझै पनि स्वास्थ्य उपचार गराउन जान हिचकिचाउँछन्। लाज मानेर रोग लुकाएर नवस्न उनले आग्रह गरे। स्वास्थ्य राम्रो भयो भने न जीवन चल्ने हो ।
‘त्यसकारण आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्। म तपाइहरुको स्वास्थ्य प्रति चिन्तित छु । अव दुई दिनसम्म शिविर संचालन हुन्छ त्यहाँ गएर लााभ लिनुस्,’ नेता पौडेलले भने।
पछिल्लो समय ग्रामिण भेगका मानिसहरु उपचार गराउन जानु भन्दा रोग लुकाएर बस्ने गरेका छन् । त्यस्ता मानिसहरुलाई स्वास्थ्य शिविरले लाभान्वित गराउनेछ। दुई दिनसम्म चल्ने शिविरमा चिकित्सकसहितको टोलीले स्वास्थ्य परीक्षण गर्नेछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
