प्रेम प्रस्ताव राखेका युवाले फेसबुकमा ब्लक गरेपछि बेपत्ता भएकी किशोरी मृत फेला

धनगढी । धनगढीको मोहना नदीमा एक जना किशोरीको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार शुक्रबार बिहान नदीमा तैरिएर बग्दै गरेको अवस्थामा शव फेला परेको हो।

उक्त शव धनगढी १३ की १६ वर्षीया आस्था शर्माको भएको खुलेको जोशीले बताए।‘उनले लगाएको लुगाको खल्तीमा नारी शीर्षकमा लेखिएको कविता थियो। त्यसमा नाम आस्था शर्मा थियो,’ जोशीले भने,‘त्यसैका आधारमा उनको पहिचान खुलेको हो।’

Advertisement

शर्मा भदौ २० गतेदेखि हराइरहेकी थिइन्। ८ कक्षामा पढ्ने शर्माको परिवारले छोरीको खोजी गरिदिन प्रहरीमा निवेदन दिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धान उनले २० गते नै नदीमा हाम फालेको देखिएको छ।

‘प्रारम्भिक अनुसन्धानमा उनले प्रेम प्रस्ताव राखेका किशोरले फेसबुकमा ब्लक गरेपछि पीडा सहन नसकी आत्महत्या गरेको देखिएको छ,’ डिएसपी जोशीले भने,‘हामी थप अनुसन्धान गर्दैछौं।’ उनको शव अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

More News last news
Loading...