काठमाडौँ । साताको पाँचौ दिन आज बिहीबार नेपाली बजारमा सुनको भाउ थोरै उकालो लागेको छ । आज सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको हो।
बुधबार तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज बढेर प्रतितोला ९३ हजार ८०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासंघका अनुसार, आज तेजावी सुन पनि बढेर प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजावी सुन प्रतितोला ९२ हजार ५०० सय रुपैयाँमा कारोबार भएको थियो।
आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । चाँदी आज हिजो भन्दा २५ रुपैयाँले बढेर तोलाको १ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बुधबार चाँदी तोलाको १ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
