सन्दीप लामिछाने नेपाल फर्किएलगत्तै पक्राउ पर्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने स्वदेश फर्किएलगत्तै पक्राउ पर्ने भएका छन्। उनीविरुद्ध परेको बलात्कारको उजूरीमा अनुसन्धानका लागि पक्राउ गरिने बुझिएको हो।

हाल क्रिकेट खेल्ने विदेशमा रहेका लामिछानेमाथि गौशाला प्रहरीमा उजूरी दर्ता भई छानबिनका क्रममा छ । सन्दीप क्रिकेट खेल्न विदेशमा जानुअघि घटना भएको बुझिएको छ । पीडित नाबालिक अस्थाकी छिन्। नाबालिक रहेकाले घटना पुष्टि भएमा सन्दीप जेल जानुपर्ने हुनसक्छ।

Advertisement

२२ वर्षीय सन्दीप नेपाली क्रिकेट जगतका अहिलेसम्मकै सर्वाधिक सफल क्रिकेटर मानिन्छन् । उनीमाथिको अभियोगले करिअरमै धक्का पर्ने सम्भावना बढेको छ।

More News last news
Loading...