‘महिला संघ, पर्बत’को एक महिने अभियानः बिहादीमा महिला प्रशिक्षण सम्पन्न

काठमाडौं । महिलाहरुको क्षमता अभिबृद्धि तथा नेतृत्व विकासमा नेपाल महिला संघ, पर्बत एक महिने अभियानको क्रममा बिहादी गाँउपालिकाका अगुवा महिला प्रशिक्षण सम्पन्न भएको छ।

नेपाल महिला संघ पर्बतले प्रशिक्षणका भाषण कला, उद्घोषण कला, माईन्युट लेखन लक्षित कार्यक्रम र बजेट सम्बन्धमा, महिला हिंसा, आधुनिक समाजमा थपिएका हिंसा र बिभेद, साईबर क्राईमको पहिचान र प्रतिवाद, कानुनी उपचारको बारेमा सचेतना र नेपाली कांग्रेस भित्र र समग्र नेपालको राजनितीमा महिलाहरूको योगदान बर्तमान अबस्था, समान भुमिका निर्णायक सहभागीताकोबारेमा पालीकाहरूमा गरिएको प्रशिक्षण बिहादी गाँउपालिकामा सम्पन्न भएको हो।

Advertisement

नेपाल महिला संघ पर्बतले सबै पालिकाहरूमा प्रशिक्षण कार्यक्रम पालिका स्तरमा नै आयोजना गरी सयौ सक्षम महिला नेताहरू तयार गर्ने उदेश्य राखेर अभियान जारी रहेको ३ वटा पालिकामा सम्पन्न भयको र बाकी पर्बतका ४ ओटा पालिकामा पनि अभियान बिचमै अगुवा महिला नेता प्रसिक्षण गरिने अध्यक्ष मुना शर्मा लामिछानेले जानकारी दिईन् ।

स्थानीय तहमा लक्षित बजेटबारे बिहादी गाउपालिका अध्यक्ष प्रबिण गुरुङले कक्षा सहजीकरण गरेका थिए भने महिला संघ पर्बतका जिल्ला सभापति मुना शर्मा लामिछाने प्रमुख प्रशिक्षक रहेका थिए ।

कार्यक्रममा महिला संघकी सुसिला शर्मा, लक्ष्मी पौडेल, बिष्णु खड्का, लक्ष्मी आचार्य, खगिसरा परियार, हरि न्यौपाने लगायतले सहजीकरण गरेका थिए। नेपाल महिला संघ पर्बतको एक महिने प्रशिक्षण अभियान जारी छ ।

More News last news
Loading...