लगातार आजपनि बढ्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

काठमाडौँ । साताको तेस्रो दिन आज मंगलबार पनि नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो ।

आइतबार तोलाको ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज बढेर प्रतितोला ९४ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

Advertisement

महासंघका अनुसार, आज तेजावी सुन पनि बढेर प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । चाँदी आज हिजो भन्दा १० रुपैयाँले बढेर तोलाको १ हजार १२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सोमबार चाँदी तोलाको १ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...