स्थानीय तहले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने

पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिकाले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने भएको छ। गाउँमै उत्पादन गरिने मदिरालाई ब्राण्डिङ गर्ने भएको हो।

काननुले अहिले घरेलु मदिरालाई अवैधानिक मानिन्छ। स्थानीय सरकारले आफ्नै कानुन निर्माण गरेर ब्राण्डिङ गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताइन्।

Advertisement

‘यस गाउँपालिकामा ५० प्रतिशत भन्दा बढी जनजाती (मगर) समुदायका मानिस बसोबास गर्छन’, सय दिनका कार्यक्रम सार्वजनिक गर्दै उनले भनिन्, ‘केही परिवारले स्थानीय मदिरा उत्पादन गरेर आफ्नो जिविकोपार्जन गर्दै आइरहेका छन्। आर्थिक विपन्नता छ। पढेका छैनन्। हातमा कुनै सिप छैन्। बिहान साँझ दुइछाक खान धौधौ छ। ती परिवारको जोहो घरेलु मदिराले गरिदिएको अवस्था छ। तर बिक्री गरेको पाएमा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गर्ने गरेको छ।’

उनीहरू यसको सामान्य व्यापार पनि लुकेर गर्न बाध्य छन्। स्थानीय मदिरालाई कानुन निर्माण गरेर ब्राण्डिङ गर्न सकेमा विपन्न ती परिवारलाई आर्थिक आम्दानीमा टेवा पुग्ने चिदीको ठम्याइ छ। यसलाई ब्राडिङ गर्न सके ठुलाठुला सहरमा खपत हुने छ। गरिब परिवारले उत्पादन गर्ने र धनी मानिसले खरिद गर्ने छन्।

More News last news
Loading...