पूर्वमन्त्री भण्डारीलाई मातृशोक

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीलाई मातृशोक परेको छ ।

उनकी ममतामयी आमा दययन्ती कुमारी भण्डारीको ९७ वर्षको उमेरमा घरमै निधन भएको हो । ग्राण्डी अस्पतालमा लामो समय उपचार गरेर घर लगिएको थियो।

Advertisement

स्वर्गिय भण्डारीका ४ छोरा र १ छोरी छन् । उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ।

More News last news
Loading...