काठमाडौं । पछिल्ले सातामा सुनको मूल्य तोलामै २ हजार ८ सय रुपैयाँले घटेको छ। अघिल्लो शुक्रबारदेखि यो शुक्रबारसम्मको अवधिमा सुनको मूल्यमा उच्च गिरावट आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
आज शुक्रबार पनि सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको हो। आज छापावाल सुनको मूल्य ९३ हजार, तेजावी सुनको मूल्य ९२ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला एक हजार १०५ रुपैयाँ कायम भएको हो।
गत शुक्रबारदेखि निरन्तर सुन र चाँदीको मूल्य घटे पनि आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ। आठ दिनको अवधिमा छापावाल सुनको मूल्य २ हजार ८ सय र चाँदीको मूल्य तोलानमा ७० रुपैयाँले घटेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
