काठमाडौँ । साताको छैटौ दिन आज शुक्रबार पनि नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो ।
हिजो बिहीबार तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज घटेर प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। बिहीबार पनि सुन तोलामा ९ सय रुपैयाँले घटेको थियो ।
आज तेजावी सुन पनि घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज सुनको भाउ घटेपनि चाँदीको भाउ भने थोरै बढेको छ । चाँदी आज हिजो भन्दा ५ रुपैयाँले बढेर तोलाको १ हजार १०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको १ हजार १०० रुपैयाँ रहेको थियो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
