बिहान ६ बजेदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड ९ घण्टापछि सुचारु

काठमाडौं । आज बिहान ६ बजेदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड करिब ९ घण्टापछि सञ्चालनमा आएको छ।

भरतपुर महानगरपालिका–२९ केराबारीस्थित नारायणगढ–मुग्लिन सडक खण्डमा माथिबाट लेदो सहितको पहिरो झर्दा सडक अवरूद्व भएको थियो।

Advertisement

सडक विभागसँग समन्वयगरी पहिरो पन्छाएर बाटो खुलाइएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिनुभयो।

More News last news
Loading...