काठमाडौँ । साताको पाँचौ दिन आज बिहीबार पनि नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । आज सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको हो ।
हिजो बुधबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज प्रतितोला ९३ हजार १०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। बुधबार पनि सुन तोलामा ८ सय रुपैयाँले घटेको थियो ।
आज तेजावी सुन पनि घटेर प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज सुनसँगै चाँदीको भाउ पनि घटेको छ । चाँदी आज हिजो भन्दा ३० रुपैयाँले सस्तो तोलाको १ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको १ हजार १३० रुपैयाँ रहेको थियो । यो मूल्य २०७९ साल लागेपछिकै सबैभन्दा तल्लो बिन्दू हो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
