दाङमा चट्याङ लागेर दुई जनाको ज्यान गयाे, १२ जना घाइते

दाङ l दाङमा हिजाे राति चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । अन्य १२ जना घाइते छन् । घोराही उपमहानगरपालिका १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको ज्यान गएको हो ।

मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा नायव उपरीक्षक (डीएसपी) राजनकुमार गौतमले घटनास्थलमा फोन सम्पर्क हुन नसकिरहेको हुँदा विस्तृत विवरण आउन नसकेको बताउनुभयो ।

Advertisement

आज बिहान वडाध्यक्ष दोणर्बहादुर बहकरी क्षेत्रीलाई घटनाबारे जानकारी आएपछि प्रहरी घटनास्थलतर्फ गइरहेको छ ।

More News last news
Loading...